रासायनिक मलको अनुदान कटौती र मूल्यवृद्धि फिर्ता लिन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको आग्रह

1.55K
shares
Krishi Bikas Bank

काठमाडौं, ३० फागुन । सरकारले रासायनिक मलको अनुदान कटौति गरेको विषयमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले विरोध गरेको छ ।  राप्रपाको युवा संगठनले बिज्ञप्ति जारी गरेर सरकारले गरेको अनुदान कटौति र मूल्यवृद्धिप्रति गम्भिर ध्यानाकर्ष भएको बताएको हो ।

‘नेपाल सरकारले कृषिमा अहोरात्र योगदान पुयाउने किसानहरुको ढाड सेकिने गरी रासायनिक मलमा अनुदान कटौती गरी भारी मूल्यवृद्धी गरेको छ । कृषकलाई ठूलो आर्थिक भार पार्ने गरी गरिएको मूल्यवृद्धिप्रति हाम्रो राष्ट्रवादी संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

नेपाली कृषकहरुको अत्यावश्यक जरुरी रासायनिक मल, बीउ, किटनाशक औषधी, सिंचाई, बजार व्यवस्था जस्ता कुराहरु सधै केन्द्रीय विषय हुन । किसानको सधैंको चासो र मागमा समाधान खोज्नुको सट्टा उल्टै किसानहरुलाई प्रत्यक्ष मार पार्ने गरी मुल्यवृद्धी गरिनुलाई ‘किसानमारा’ नीतिको रुपमा लिन सकिन्छ,’ विज्ञप्तिमा भनिएको छ । यस्ता कार्यले सत्तामा पुगेकाहरुले किसालार्य हेर्ने दुष्टिकोण उदांगो बनाएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

आफूलाई परवर्तनकारी तथा अग्रगमतका हिमायती भन्ने सत्तासीनहरुले आफ्नो सेवा सुविधालाई बढाउदै लाने, ऋण लिएरै वा व्याज तिरेरै भएता पनि तलब भत्ता वृद्धि गर्दै जाने तर गरिब, विपन्न र निमुखा जनताको हितमा कहिले नसोच्न कार्य अत्यन्त निन्दनीय भएको संठगनको भनाइ छ ।

‘नेपाल कृषि प्रधान देश हो र यहाँका करिब ७० प्रतिशत जनसंख्या प्रत्यक्षरुपमा कृषि पेशामा लागेको भन्दै उनीहरुलाई प्रत्यक्ष राहत पुग्ने कार्यक्रम ल्याउनु पर्ने पनि विज्ञप्तिमा भनिएको छ । यदि यसो नभएको खण्डमा कडा आन्दोलन गर्न बाध्य हुने संगठनले जनाएको छ ।


Krishi Bikas Bank
franklin 1200*150