नेपालमा ४१ अर्ब ७९ करोड रुपैयाँ बराबर एफडीआई प्रतिबद्धता

84
shares
Krishi Bikas Bank

काठमाडौं, ३ वैशाख । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म नेपालमा ४१ अर्ब ७९ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता आएको छ।

उद्योग विभाग का अनुसार चैत मसान्तसम्म कुल ६१५ उद्योग दर्ता भएका छन् र सो बराबरको लगानी स्वीकृत गरिएको हो। तीमध्ये ४ अर्ब ९ करोड रुपैयाँ अटोमेटिक रुटबाट र ३७ अर्ब ६९ करोड रुपैयाँ अप्रुभल रुटबाट आएको देखिन्छ।

संख्यात्मक रूपमा अटोमेटिक रुटबाट ४२६ कम्पनी र अप्रुभल रुटबाट १८९ कम्पनी दर्ता भएका छन्। चैत महिनामा मात्र १ अर्ब १२ करोड रुपैयाँ बराबरको एफडीआई प्रतिबद्धता आएको छ, जसमा ६१ उद्योग दर्ता भएका छन्।

क्षेत्रगत रूपमा सूचना प्रविधि ९क्ष्त्० क्षेत्रमा सबैभन्दा धेरै ३४६ उद्योग दर्ता भएका छन्, जुन कुलको करिब ५६ प्रतिशत हो। त्यसपछि पर्यटन क्षेत्रमा १६४ उद्योग ९२७ प्रतिशत० दर्ता भएका छन्।

तर लगानी रकमका आधारमा कृषिमा सबैभन्दा बढी २२ अर्ब रुपैयाँ र पर्यटनमा ११ अर्ब ४६ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ।

अन्य क्षेत्रमा उत्पादनमूलक उद्योग ३८, कृषिमा १६, ऊर्जामा २ र खानी क्षेत्रमा २ उद्योग दर्ता भएका छन्।

यसैबीच, एफडीआई भित्रने समग्र प्रवृत्ति भने घट्दो देखिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा करिब ५८ अर्ब रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको थियो, जुन यस वर्षभन्दा उल्लेखनीय रूपमा बढी हो। गत वर्षको तुलनामा यस वर्ष चैत महिनामा समेत एफडीआई प्रतिबद्धता घटेको तथ्यांकले देखाएको छ।


Krishi Bikas Bank
franklin 1200*150