सबै व्यवसायीहरुको ऋण मिनाहा हुनुपर्ने व्यवसायी दुर्गा प्रसाईको माग

1.51K
shares
Krishi Bikas Bank

काठमाडौं ,३० फागुन । व्यवसायी दुर्गा प्रसाई ऋण तिर्न नसक्ने व्यवसायीहरुको ऋण मिनाहा गर्न सरकारसंग माग गरेका छन् ।आज मंगलबार काठमाडौंमा आयोजीत लघुवित्तिय संस्थाहरूको ज्याद्दती विरुद्ध भन्दै आयोजना गरिएको विरोध प्रदर्शनमा बोल्दै उनले ऋण तिर्न सक्नेहरुको लागि नभई निमुखाहरुको लागि ऋण मिनाह गर्न आग्रह गरेका हुन् ।

उनले भने, ‘सबै सहकारी,लघुवित्त र बैंकहरु राष्ट्रियकरण हुनुपर्छ । राष्ट्रले सबै जफत गरेर सबैको ऋण मिनाहा हुनुपर्छ । तपाई टाई लगाएर हिड्नेहरुले तिर्न सक्नु हुन्छ भने तिर्नुस तपाईहरुले तिर्न पाउनुहुन्छ । हैसियत भएका ५५ जना व्यापारी र सामन्तहरुको लागि मैले आन्दोलन गरेको हैन् ।’
सबै सहकारि,लघुवित्त र बैंकहरु राष्ट्रियकरण हुनुपर्ने त्यसलाई जफत गरेर सबैको ऋण मिनाहा गर्नुपर्ने उनको भनाई छ ।

उनले अब गणतन्त्रको अन्त्य हुन लागेको तर्क गरेका छन् । ‘सबै नेताहरुको अब लगभग लगभग गणतन्त्रको अन्त्य भईसकेको छ । तपाईहरुको गणतन्त्रले आज माईतिघरमा आएर बास बस्ने बनायो । तपाईहरुको गणतन्त्रको फल यहि हो ।’


Krishi Bikas Bank
franklin 1200*150