अर्थतन्त्र सुधार हुने अवस्थामा छ : गभर्नर अधिकारी

1.87K
shares
Krishi Bikas Bank

काठमाडौं, २८ मंसिर । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्र सुधारको बाटोमा गइरहेको बताएका छन् । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को १३ औँ साधारण सभा तथा छैठौँ महासभामा बोल्दै उनले यस्तो बताएका हुन् ।

भित्रि रुपमा सहजता भइरहेको भए पनि बजारमा भने केही मात्रामा सहजता आउन नसकेको भन्दै यसमा पनि विस्तारै सुधार हुने उनको दावी थियो । अहिले रेमिट्यान्स पनि बढेको उनको भनाय छ । त्यस्तै लगेको ऋण नतिरेका कारण पनि अहिलेको अवस्था आएको उनले बताए । बजारमा देखिएका तरलता सुधार गरेर छाड्ने उनको उद्घोष थियो ।

विकृतिलाई परास्त गर्दै अघि बढ्ने पनि उनको भनाइ छ । अर्थतन्त्रलाई सुधार गर्ने विषयमा अफूले कुनै पनि काम गर्न बाँकी नराख्ने उनको भनाइ छ ।


Krishi Bikas Bank
franklin 1200*150