१३ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

1.33K
shares
Krishi Bikas Bank

काठमाडौं, २६ मंसिर । नेपाल राष्ट्र बैंकले १३ अर्ब बराबरको ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले मंसिर २७ गते जारी हुने २८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल आज गर्ने भएको हो ।

राष्ट्र बैंकले २८ दिनका लागि रू. २ अर्ब, ९१ दिनका लागि रू. ५ अर्ब, १८२ दिनका लागि रू. ४ अर्ब र ३६४ दिनका लागि रू. २ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नेछ । यी ट्रेजरी बिल क्रमशः आगामी पुस २६, फागुन ३०, २०८० जेठ ३० र मंसिर २६ गते परिपक्व हुनेछन् ।

यी ट्रेजरी बिलको आज दिउँसो २ बजे अनलाइन माध्यमबाट बोलकबोल हुने राष्ट्र बैंकले जानकारी दिएको छ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।


Krishi Bikas Bank
franklin 1200*150