सनराइज बैंकले गर्यो लाभांश वितरण नगर्ने निर्णय

1.34K
shares
Krishi Bikas Bank

काठमाडौं, २६ मंसिर । सनराइज बैंक लिमिटेडले यस वर्ष लाभांश वितरण नगर्ने भएको छ । बैंकको मङ्सिर २५ गते बिहान बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्ष २०७८र७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरूलाई स्वीकृति प्रदान गर्दै यस वर्ष लाभांश वितरण नगर्ने निर्णय गरेको छ ।

बैंकले नेप्सेमार्फत सूचना जारी गर्दै यस वर्ष लाभांश वितरणको प्रस्ताव नगरेको जानकारी दिएको छ । सञ्चालक समितिले स्वीकृत गरेको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा स्वीकृतिका लागि पेस गर्ने निर्णयसमेत आइतवारको बैठकले गरेको छ ।

विगतका वर्षहरूमा निरन्तर लाभांश वितरण गर्दै आएको बैंकले यस वर्ष भने लाभांश वितरण नगर्ने निर्णयमा पुगेको हो । गत वर्ष बैंकले ६ दशमलव ६५ प्रतिशत बोनस शेयर र शून्य दशमलव ३५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


Krishi Bikas Bank
franklin 1200*150