नबिल बैंकले ३० प्रतिशत लाभांश दिने

1.75K
shares
Krishi Bikas Bank

काठमाडौं, २६ मंसिर । नबिल बैंकले लाभांश घोषणा गरेको छ । बैंकको आइतबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट शेयरधनीलाई बितरण गर्ने प्रस्ताव गरेको हो ।

जस अनुसार बैंकले हाल कायम चुक्ता पुँजीको १८.५ प्रतिशत बोनश सेयर र कर प्रयोजनका लागिसमेत ११.५ प्रतिशत नगद लाभांश गरि कुल ३० प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।

राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।


Krishi Bikas Bank
franklin 1200*150