बरुण हाइड्रो पावरको हकप्रद शेयर बाँडफाँट

1.33K
shares
Krishi Bikas Bank

काठमाडौं, २ मंसिर । बरुण हाइड्रो पावर कम्पनी लिमिटेडको अवितरित हकप्रद शेयर बाँडफाँट भएको छ । कम्पनीले कात्तिक १४ गतेदेखि २१ गतेसम्म ३ लाख ५५ हजार ६० कित्ता हकप्रद शेयर लिलामीा प्रकृयाबाट बिक्री गरेको थियो ।

तोकिएको अवधिभित्र रितपूर्वक आवेदन दिने आवेदकहरूको बोलपत्र कात्तिक २८ गते खोलि कात्तिक २९ गते बाँडफाँट गरिएको बिक्री प्रबन्धक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जानकारी दिएको छ ।

उक्त शेयर बाँडफाँटको अन्तिम मूल्य प्रतिकित्ता १९१ दशमलव ३४ रहेको बिक्री प्रबन्धकको भनाई छ ।

यो मूल्यमा बोलपत्र पेश गर्नेको हकमा सापेक्षिक भार अनुसार समानुपातिक रुपमा बाँडफाँट गरिएको विक्री प्रबन्धकको भनाई छ ।

यो बाँडफाँटमा नपरेको शेयर वापतको रकम मंसिर २ गते शुक्रवारदेखि फिर्ता भुक्तानी गरिएको जानकारी समेत विक्री प्रबन्धकले दिएको छ ।


Krishi Bikas Bank
franklin 1200*150