ब्याजदर बढ्दा महंगी घट्छ कि बढ्छ ?

2.18K
shares
Krishi Bikas Bank

काठमाडौं, २ मंसिर । बैंकको ब्याजदर बढ्दा त्यसको प्रभाव सबै क्षेत्रमा पर्छ । यसको प्रभाव आम सर्वसाधारणको भान्सा सम्मनै पर्छ । ब्याजदर बढ्दा लागत बढ्छ । लागत बढे पछि वस्तुको मूल्य पनि बढ्छ । बस्तुको मूल्य वृद्धि हुँदा त्यसको प्रभाव सबै क्षेत्रमा पर्छ । तसर्थ बैंकको ब्याज घटाउनु पर्ने आवज उठी रहेको छ ।

नेपालका बैंकहरुले असोज महिनामा ब्याजदर बढाए । यसले नेपालीको जीवनमा असर पर्ने नै भयो । व्यवसायीहरुले यसले गर्दा महंगी बढ्ने र व्यवसाय समेत गर्न नसकिने अवस्था आउने सक्ने बताएका छन् । तर ब्याजदर बढ्दा महंगी घट्छ भन्दा तपाइलाई अच्चम लाग्न सक्छ । अमेरिकाले केही समय अघि महंगी नियन्त्रण गर्न भन्दै ब्याजदर बढाएको थियो ।

नेपालका सन्दर्भमा त्यस्तो नभए पनि विश्वका अरु देशको सन्दर्भमा भने यो नियम लागू हुन्छ । नेपालले अधिकांश वस्तु विदेशबाट आयात गरेर ल्याउनु पर्ने भएकाले यो नियम लागू नहुन सक्छ तर विदेशी राष्ट्रहरुमा भने यो नियम लागू हुन्छ ।

व्यक्तिको किन्ने क्षमता धेरै भयो भने उसले जथाभावि सामान किन्न सक्छ । तर ब्याजदर बढाउँदा सामानको लागत बढ्छ र लागत बढ्दा मूल्य बढ्छ । फेरि मूल्य बढ्दा माग घट्ने अर्थशास्त्रको सामान्य नियम हो । मूल्य वृद्धि नियन्त्रणका लागि ब्याजदर बढाउने गरिएको नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक गोपाल भट्ट बताउँछन् । ‘पैसा धेरै भयो भने मंहगी बढ्छ, त्यसलाई नियन्त्रण गर्नका लागि ब्याजदर बढाउनु पर्छ,’ उनले भने । समग्रमा भन्दा माग घटाउनका लागि ब्याजदर बढाउने गरिएको उनले बताए ।

‘अर्को तर्फ ब्याजदर बढ्दा मानिसहरुले बैंकमा रकम जम्मा गर्ने परिपार्टीको विकास हुन्छ । यसले उपभोग घटाउँछ अनि फेरि माग कम हुन वित्तिकै मूल्य घट्छ यो पनि अर्थशास्त्रको सामान्य नियम नै त हो नि,’ भट्टले भने ।

अर्थविद् डा. डिल्लीराज खनाल डिमाण्ड र सप्लाईका कारण यस्तो हुने गरेको बताउँछन् । ब्याजदर बढ्दा लगानी कम हुन्छ । यसबाट वस्तुको लागत बढ्ने र महंगोमा वस्तु खरिदका लागि उपभोक्ताको आकर्षण कम हुने भएकाले ब्याजदर बढाउनु मूल्य वृद्धि नियन्त्रणको एक उपाए भएको उनको भनाइ छ ।

‘सामान्य रुपमा हेर्दा बढ्छ जस्तो लागे पनि कालान्तरमा भने यसले मूल्य वृद्धि नियन्त्रणमा सहयोग गर्छ, यसमा अर्थशास्त्रको नियम लागू हुन्छ । माग बढ्दा मूल्य घट्ने र माग बढ्दा मूल्य घट्ने हो हो नि त,’ उनले भने ।

ब्याजदर बढ्दा मानिसमा बचत गर्न खोज्ने भएकाले माग कम हुन्छ र माग कम हुन वित्तिकै मूल्य घट्ने नियम अनुसार नै काम गर्ने बैंकिङ विज्ञ अनलराज भट्टराईको भनाइ छ । बैंकमा जम्मा गर्न खोज्ने बानीले वस्तु किन्न भन्दा पनि बचत गर्न तर्फ लाग्ने भट्टराइको भनाइ छ ।

बैंकले ब्याजदर बढाउँदा मानिमा अत्यावश्यक बाहेकका बस्तु खरिदमा लालाहित नहुने गरेको र यसले माग घट्दा वस्तुको मूल्य घट्ने भयो । सबै वस्तुमा यो नियम लागू नभए पनि धेरै वस्तुको हकमा भने यो लागू हुन्छ । नेपालमा पेट्रोलीयम पदार्थको मूल्यमा यो नियम लागू हुँदैनन । अन्यमा भने लागू हुन्छ ।

‘मानिसले ८० रुपैयाँ लिटर पेट्राल पनि खरिद गरेका थिए भने १८० रुपैयाँ पुग्दा पनि किनेकै छन् । यसमा भने यो नियम लागू हुँदैन्,’ उनले भने । सिद्धान्त अनुसार यो भए पनि नेपालको सन्दर्भमा भने यो लागू नहुने केही अर्थविद्हको भनाइ छ । यो सिद्धान्त अनुसार कुनै सामानको लागत १०० रुपैयाँ छ र त्यसको बिक्री मूल्य १२० हुन्छ, तर ब्याजदर बढाउँदा उत्पादन लागत बढ्छ अनि माग कम हुन्छ र त्यसको मूल्य १२० बाट घटेर ११५–११६ मा पुग्न सक्छ भन्ने हो ।

सामान्य तया ब्याजदर बढ्दा सामानको मूल्य पनि बढ्छ । मूल्य बढ्दा माग घट्छ । यसैको आधारमा मुल्य नियन्त्रणमा सहयोग पुग्ने नविल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञावलीले बताए ।

सामान्य ब्याजदर बढ्दा मूल्यवृद्धि नियन्त्रण हुने भनेको मनि सप्लायसँग सम्बन्धित रहेको राष्ट्र बैंकको सह्र–प्रवक्ता नरायण प्रसाद पोखरेलको भनाई छ । उनका अनुसार मनि सप्लाय बढ्दा ब्याजदर कम हुन्छ, ब्याजदर घट्यो लगानी बढ्छ, जब लगानी बढ्छ त्यसबाट उत्पादन बढ्ने भयो । उत्पादन बढेपछि माग कम हुने अर्थशास्त्रको नियम हो ।

‘ब्याजदर बढेको समयमा लगानीकर्ताहरुले लगानी लिन आनाकानी गर्छन् । यस अवस्थामा उनीहरुले पर्खर हेरको नीति अपनाउने पोखरेलेको भनाइ छ । लगानी घटेका कारण उत्पादन घट्ने भयो, अनि उपलब्धता पनि घट्ने भयो अर्को तर्फ बैंकको ब्याज बढेका कारण उपभोक्ताहरु त्यता आकर्षित हुने भए जसले मंहगी नियन्त्रणमा सहयोग पुग्ने भयो,’ उनले भने ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मनि सप्लाय घटाउने नीति लिएको पोखरेलेको भनाइ छ । जसका कारण ब्याजदर बढेको हो । अघिल्लो वर्ष मनि सप्लाइ बढाएका कारण ब्याजदर घटेको थियो । घटेको ब्याजदरमा पनि व्यापारिहरु ऋण लिनका लागि नआएको उनको भनाइ छ ।


Krishi Bikas Bank
franklin 1200*150