आँबुखैरेनी गाउँपालिकाले सञ्चालनमा ल्यायो १५ बेडको आँबुखैरेनी अस्पताल

2.09K
shares
Krishi Bikas Bank

काठमाडौं, २ मंसिर । तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँबुखैरेनी अस्पताल संचालनमा ल्याएको छ । गाउँपालिकाले बिहीबार एक कार्यक्रमको आयोजना गरी १५ बेडको आँबुखैरेनी अस्पतालको सेवा सञ्चालनमा ल्याएको हो ।

गाउँपालिकाको नवनिर्मित भवन अगाडी पहिले वडा २ र ३ को कार्यालय रहेको सामुदायिक भवनलाई अस्पतालमा परिणत गर्दै गाउँपालिकाले अस्पतालको सेवा सुरु गरेको छ । गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरि अस्पतालको सेवा सुरु गरेको हो ।
सेवा शुभारम्भको अवसरमा बोल्दै जनता माझ आफुले चुनावको बेला गरेको वाचा पूरा गरेको गाउँपालिका अध्यक्ष शुक्र चुमानले बताए ।

उनले भने ‘सरकारी स्तरबाटै स्थानीय रुपमा अस्पताल संचालनमा ल्याएसँगै स्थानीय नागरिकले उपचारको लागि महंगा निजि अस्पताल जानुपर्ने बाध्यात्मक अवस्थाबाट मुक्त हुनेछ’ । अब सामान्य नागरिकले पनि सर्वसुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा पाउन वातावरण बनेको उनले बताए ।

अस्पतालमा अहिले एक जना डाक्टरको मेडिकल टिमले सेवा दिनेछ भने आवश्यकता अनुसार थप स्वास्थ्यकर्मी र डाक्टर व्यवस्था गर्नेछ । यस्तै गाउँपालिकाले डाक्टर सहितको मोबाइल टिम टोल टोलमा पुगि जनताको स्वास्थ परिक्षण गर्नका निम्ति समेत योजना बनाइएको अध्यक्ष चुमानले बताए ।

 


Krishi Bikas Bank
franklin 1200*150