’एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ’ को इकाई नेप्सेमा सुचीकृत

1.66K
shares
Krishi Bikas Bank

काठमाडौं, २३ कात्तिक । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एनएमबि क्यापिटलको ’एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ ’ को इकाई सुचिकृत भएको छ । आज उक्त योजनाको १२ करोड २१ लाख इकाई सुचिकृत भएको हो ।

इकाई सुचिकृत भएसँगै बिहिबारबाट इकाईको कारोबार हुने छ । क्यापिटलले साउन २६ गतेदेखि भदौ ९ गतेसम्म एमएमबि म्युचुअल फण्ड अन्तर्गत संचालन हुने एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ को इकाई निष्काशन गरेको थियो ।

क्यापिटलले योजनाको इकाई निष्काशन गर्नको लागि साउन ५ गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । यो बन्दमुखी म्युचुअल फण्ड योजना हो ।


Krishi Bikas Bank
franklin 1200*150