३० अर्ब आन्तरिक ऋण उठाउँदै सरकार

1.97K
shares
Krishi Bikas Bank

काठमाडौं, २३ कात्तिक । सरकारले चालु आर्थिक वर्षको दोस्रा त्रैमासिकमा ३० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । नेपाल राष्ट्र बैंकले मंसिर १२ गते बोलकबोल सुरु हुनेगरी आन्तरिक ऋण उठाउने तालिका सार्वजनिक गरेको हो ।

केन्द्रीय बैंकले १५ अर्बको ट्रेजरी बिल र सोही बराबरको विकास ऋणपत्र जारी गरेर ३० अर्ब आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको तालिका अनुसार मंसिर १२ गते र पुस १८ गते ३६४ दिने ७ अर्ब ५० करोड रुपैयाँका दरले १५ अर्बको ट्रेजरी बिल जारी गर्दै छ ।

त्यस्तै २, ३ र ४ वर्षे गरी तीनवटा १५ अर्ब मूल्यका विकास ऋणपत्र जारी गर्ने तालिका सार्वजनिक गरिएको छ । राष्ट्र बैंकले ८ अर्बको २०८१ ‘छ’, दुई अर्बको २०८२ ‘छ’ र पाँच अर्बको २०८३ ‘ज’ नामक विकास ऋणपत्र जारी गर्ने भएको हो । यी ऋणपत्र मंसिर १३, २७ र पुस ५ गते जारी हुने केन्द्रीय बैंकले जनाएको छ ।


Krishi Bikas Bank
franklin 1200*150