सुनचाँदी व्यवसाय सञ्चालन निर्देशिका जारी गर्न माग
वि.सं.२०७९ कात्तिक २३ बुधवार १४:०७
shares

काठमाडौं, २३ कात्तिक । सुनचाँदी व्यवसायीहरुले सुनचाँदी व्यवसाय सञ्चालन सम्बन्धी निर्देशिका जारी गर्न माग गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मणिकरत्न शाक्यको नेतृत्वको टोलिले बुधबार वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागका महानिर्देशकसँग भेटेर निर्देशिका ल्याउन आग्रह गरेका हो ।
निर्देशिका अभावमा व्यवसाय सञ्चालनका लागि समस्या भएको भन्दै व्यवसायीहरुले निर्देशिका जारी गरेर व्यवसाय सञ्चालनका लागि सहज वातावरण निर्माणका लागि आग्रह गरेका हुन् । त्यसक्रममा वाणिज्य तथा आपूर्ति वयवस्थापन विभागका महानिर्देशक कमल भट्टराइले ब्यवसायीहरुको मागलाई आफूले सकारात्मकरुपमा लिएको बताएका छन् । उनले छिटोभन्दा छिटो निर्देशका जारी गर्न पहल गर्ने पनि बताए ।
सोही अवसरमा व्यवसायीहरुले बजारको माग अनुरुप आपूर्ति ब्यवस्था मिलाउनकालागि समेत आवश्यक पहलगर्न विभाग समक्ष आग्रह गरेका छन् । पछिल्लो समय बजारको माग अनुसार सुनको आपूर्ति नहुँदा सुनचाँदी व्यवसायी समस्यामा परेको व्यवसायीको भनाइ छ ।
पछिल्लो समयमा विभिन्न बैंकहरुमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदैआएको छ । बजारको माग भने यो भन्दा निकै बढी भएको व्यवसायीहरुको भनाइ छ ।








