नेष्डो समृद्ध लघुवित्तको नाफा ११ प्रतिशतले बढ्यो

1.45K
shares
Krishi Bikas Bank

काठमाडौं, २३ कात्तिक । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । प्रकाशित विवरण अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको खुद नाफा बढेको छ ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले ५ करोड ६४ लाख ६२ हजार रुपैयाँ नाफा कमाएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.३० प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ५ करोड ७ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी, अन्य सञ्चालन आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको नाफा बढ्न पुगेको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १०.५३ प्रतिशत बढेको छ भने अन्य सञ्चालन आम्दानी ०.७२ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको कुल सञ्चालन आम्दानी ८.६९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ११.३० प्रतिशत बढेको छ ।

नाफा बढेपनि लघुवित्तका प्रतिशेयर आम्दानी भने घटेको छ। समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २९ रुपैयाँ ३२ पैसा घटेर ८८ रुपैयाँ ५७ पैसामा झरेको थियो। असोज मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ३१.६१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३४७ रुपैयाँ ३५ पैसा रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी ४८.१५ प्रतिशत बढेको छ भने जगेडा कोष ३१.१० प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी १४.९९ प्रतिशत, निक्षेप १०.९१ प्रतिशत र कर्जा १९.१६ प्रतिशत बढेको छ ।


Krishi Bikas Bank
franklin 1200*150