नेरुडे लघुवित्तद्धारा पुरानो लाभांश लिन आग्रह

2.35K
shares
Krishi Bikas Bank

काठमाडौं, २३ कात्तिक । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले पुराना पाँच आर्थिक वर्षको नगद लाभांश नबुझेका लगानीकर्तालाई यथाशीघ्र बुझ्न आग्रह गरेको छ ।

कम्पनीले आर्थिक वर्ष ०६६/६७ देखि ०७२/७३ सम्मको नगद लाभांश बुझ्न सम्बन्धित शेयरधनीहरूलाई आग्रह गरेको हो ।

पछिल्लो समय प्रविधिमैत्री धितोपत्र कारोबारमा नगद लाभांश हितग्राही खातामा उल्लेख भएको बैंक खातामै जम्मा हुने व्यवस्था भएको छ ।
आस्बा प्रणाली लागू हुनुपूर्वका नगद लाभांश सम्बन्धित शेयरधनीहरूले नै बुझ्नुपर्ने व्यवस्था थियो ।

पाँच वर्षसम्म नबुझेको नगद लाभांश कम्पनी ऐनमा भएको व्यवस्था अनुसार लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने भएकाले आगामी ३५ दिनभित्र आफ्नो शेयर प्रमाणपत्र सहित शेयर रजिष्ट्रारको कार्यालयमा सम्पर्क गर्न कम्पनीले अनुरोध गरेको छ । शेयर रजिष्ट्रारमा आरविवि मर्चेण्ट बैंकिङ्ग रहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150