भुकम्पले घर भत्काएको पूर्वीचौकी गाउँका स्थानीयले चौरमै रात बिताए
वि.सं.२०७९ कात्तिक २३ बुधवार ०७:५०
shares

काठकाडौं, २३ कात्तिक । सुदुर पश्चिमको डोटी जिल्लालाई केन्द्रविन्दु बनाएर दुई पटक भुकम्प भयो । मंलबार राति ९ बजेको समयमा भुकम्प जाँदा सो क्षेत्रका स्थानीय केही सयम घर बाहिर आएर पुन सुत्न गए । तर राति मस्त निद्रामा रहेको समयमा २ बजे पुनः भुकम्प गयो ।
त्यो भुकम्प ९ बजेको भन्दा शक्तिशाली भएकाले क्षति पनि पु¥यायो । रातिको भुकम्पनपछि डोटीका स्थानीहरुले बाँकी रहेको समय चौरमा नै विताए । स्थानीयहरुले चौरमा आगो बालेर रात विताएको जानकारी दिइएको डोटीका प्रहरी नायव उपरीक्षक भोला कुमार भट्टले जानकारी दिए ।
भुकम्पले डोटीको पूर्वीचौकी गाउँपालिका वडा नम्बर ३ मा ८ घर भत्काएको छ । जसबाट ६ जनाको मृत्यु भएको र ५ जना घाइते भएको प्रहरीले जनाएको छ । डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भुकम्प मापन केन्द्रले जनाएको छ ।








