प्रधानमन्त्रीको आश्वासनले रोकियो व्यवसायीको आन्दोलन

1.44K
shares
Krishi Bikas Bank

काठमाडौं, ३० फागुन । व्यवसायीहरुले बैंक तथा वित्तीय संस्था विरुद्धको आन्दोलनको कार्यक्रम स्थगित गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माग सम्बोधनको आश्वासन दिएपछि व्यवसायीहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

उद्योगी व्यवसायीका माग पुरा गर्न प्रधानमन्त्री तयार भएपछि आन्दोलनका कार्यक्रम फिर्ता दिएको व्यवसायीहरुको भनाइ छ । बढेबो ब्याजदरको विरोधमा व्यवसायीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका थिए । केही दिनदेखि व्यवसायीहरु राष्ट्र बैंक घेराउनको कार्यक्रम राख्दै आएका थिए । तर प्रधानमन्त्रीको आश्वासन पछि विरोधका कार्यक्रम रोकिएको हो ।


Krishi Bikas Bank
franklin 1200*150