लागूऔषधसहित दुई जना पक्राउ
वि.सं.२०७९ फागुन ३० मंगलवार १९:१५
shares

काठमाडौं, ३० फागुन । लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छ ।
पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका–३ कमलनगर बस्ने १८ वर्षीय किशोर र मकवानपुर चिसापानी बस्ने १५ वर्षीय किशोर रहेका छन् ।
वीरगंज महानगरपालिका–१४ बाट नियन्त्रित लागुऔषध नुर्फिन १५ एम्पुल, डाईजेपाम १५ एम्पुल र फेनारगन १५ एम्पुलसहित उनीहरुलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले ना.५ ख ५८९४ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरुलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।








