बिगो र जरिवाना तिर्न नसक्ने भन्दै पत्रकार सम्मेलमै रोए पुर्वमन्त्री न्यौपाने

5.45K
shares
Krishi Bikas Bank

काठमाडौं, ३० फागुन। पूर्व समाजकल्याणमन्त्री बद्रीप्रसाद न्यौपाने पत्रकार सम्मलेनमै धुरु धुरु रोएका छन् । मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले भृकुटी मण्डपको जग्गा भाडामा दिने सम्बन्धमा विशेष अदालतले गरेको फैसालाप्रति असहमति राख्दै आफुले कुनै गल्ति नगरेको भन्दै धुरु धुरु रोएका हुन् ।

‘मेरो घर जग्गा हेरियोस्, बैंक ब्यालेन्स हेरियोस्, राष्ट्रिय अन्तराष्ट्रिय रुपमा हेरियोस् केही पाइएमा म सजाय भोग्न तयार छु तर म देशभक्त नागरिकमाथि किन यस्तो ?’ उनले भने । पत्रकार सम्मेलनमा उनले अदालतको आदेश कानून, प्रमाण अनुरुप नभई अन्यायपूर्ण र बिवेकहिन भएको आरोप समेत लगाए ।

पत्रकार सम्मेलनमा उनी आफुले बिगो र जरिवाना समेत तिर्न नसक्ने भन्दै धुरु धुरु रोएका छन् । यसअघि विशेष अदालतले भृकृडीमण्डपको जग्गा भाडामा दिँदा भएको भ्रष्टाचारमा प्रमुख दोषी ठहरगर्दै पूर्व समाजकल्याणमन्त्री न्यौपानेलाई ९ वर्ष कैद सजाय तोकेको थियो । कैदसँगै उनलाई २ करोड रुपैयाँ बिगो र ४३ लाख रुपैयाँ जरिवानासमेत तोकिएको छ । विशेष अदालतले फागुन १६ गते उनलाई दोषी ठहर हुने फैसला सुनाएको थियो ।

समाज कल्याण परिषद्को भृकुटीमण्डपस्थित जग्गा भाडामा लगाउँदा ३१ करोड भ्रष्टाचार भएको भन्दै विशेष अदालतमा पूर्वमन्त्रीद्वय न्यौपाने र टेक बहादुर गुरुङसहितलाई मुद्दा दायर गरेको थियो । विशेषले पाँच जनालाई सफाइ दिँदै नौ जनालाई दोषी ठहर गरेको थियो । न्यौपाने महिला, बालबालिका तथा समाज कल्याणमन्त्री भएको बेला २० भदौ ०६९ मा बसेको समाजकल्याण परिषद् कार्य सञ्चालन समितिको बैठकले बिना प्रतिस्पर्धा पूर्वश्रम राज्यमन्त्री गुरुङ सञ्चालक रहेको भृकुटीमण्डप फनपार्कलाई ६० रोपनी जग्गा सस्तो भाउमा भाडामा लगाएको थियो ।


Krishi Bikas Bank
franklin 1200*150