एनआईबिएल एस क्यापिटलले घटायो डीपी शुल्क

1.47K
shares
Krishi Bikas Bank

काठमाडौं, ३० फागुन । एनआईबिएल एस क्यापिटल लिमिटेडले इकाई कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क घटाएको छ । क्यापिटलले इकाई कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क २० रुपैयाँ घटाएको हो ।

क्यापिटलले अहिले लिदै आएको २५ रुपैयाँबाट घटाएर यस्तो शुल्क ५ रुपैयाँ बनाएको छ । परिवर्तन भएको शुल्क चैत १ गते मंगलबारदेखि लागू हुने क्यापिटलले सूचना जारी गरेर जानकारी दिएको छ । ‘एनआईबिएल सहभागिता फण्ड’ नामक खुलामुखी योजनाले हालसम्म लगानीकर्ताहरू तथा इकाईधनीहरूबाट प्रत्येक कारोबार बापत निक्षेप सदस्य शुल्क २५ रुपैयाँ लाग्ने व्यवस्था भइरहेकोमा सो शुल्क परिमार्जन गरी यहि मिति २०७९ साल चैत १ गतेदेखि लागु हुने गरी प्रति कारोबार निक्षेप सदस्य शुल्क (DP Fee ) ५ रुपैयाँ लाग्ने व्यवस्था गरिएको छ,’ सूचनामा भनिएको छ ।


Krishi Bikas Bank
franklin 1200*150