जहाज चढ्न काठमाडौं आइपुगे गुल्मीका नेताहरु

1.67K
shares
Krishi Bikas Bank

काठमाडौं, २३ पुस । गुल्मीका रेसुङ्गा विमानस्थलमा आइतबार हुने नमुना उडानका लागि गुल्मीका नेताहरु काठमाडौं आइपुगेका छन् । नमुना (डेमो) उडानका लागि रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थी लगायत जनप्रतिनिधिहरु काठमाडौं आइपुगेका हुन् ।

आइतबार रेसुङ्गा नगरपालिका वडा नम्बर १० मा सिमौचौरमा निर्माण भएको विमास्थलमा आइतबार तारा एयरलाइन्सको विमानले परीक्षण उडान गर्ने नगरपालिकाका प्रमुख पन्थीले जानकारी दिए । डेमोस्ट्रेसन उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण र तारा एयरलाइन्सबीच रेसुङ्गा विमानस्थलमा उडानका लागि सम्झौता समेत भइसकेको छ ।

तारा एयरलाइन्सको विमानले आइतबार बिहान ११ बजे डेमोस्ट्रेसन उडान गरिने कार्यतालिका छ । काठमाडौंबाट रेसुङ्गा विमानस्थलसम्मको यात्रा ५० मिनेटको रहेने छ । आइतबारको उडानमा नगरपालिकाका मेयर पन्थी सहित जिल्लाबाट निर्वाचित सांसद तथा नेताहरु सहभागी हुने छन् ।

जहाजमा गुल्मी जिल्लाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारी, गोकर्णराज विष्ट, एमाले उपमहासचिव प्रदीपकुमार ज्ञवाली, नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री, प्रदेशसभा सदस्य धनेन्द्रबहादुर कार्कीलगायत तारा एयर र नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीसमेत रेसुङ्गा विमानस्थलमा उत्रने छन् ।


Krishi Bikas Bank
franklin 1200*150