ढुवानी व्यवसाय राज्यको लागि अपरिहार्य : अध्यक्ष तिमल्सिना

1.78K
shares
Krishi Bikas Bank

काठमाडौं, २३ पुस राष्ट्र निर्माणको आधार ,सुरक्षित ढुवानी समृद्ध व्यापारु भन्ने नाराका साथ ढुवानी व्यवसायी महासंघ नेपालको १४ औ वार्षिक साधारणसभा काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारणसभाको उद्घाटन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले गरेका थिए ।

उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष तिमल्सिनाले ढुवानी व्यवसायीको योगदानलाई राज्यले उचित मूल्यांकन गर्ने नसकेको र व्यवसायीहरूले भोग्नुपरेको विविध समस्याहरू समाधानका तिनै तहको सरकारसँग पहल गर्ने आफूपनि समस्या समाधानका प्रतिबद्धता रहेको बताए । उनले भने, ‘व्यवसायीहरूले पनि आफूलाई समय अनुकूल सुधार गर्नुपर्ने बताए सरकारलाई मात्रै दोष दिएर पन्छिनु हुँदैन ।’

कार्यक्रममा बोल्दै नेपाल ट्रक व्यवसायी महासंघका अध्यक्ष हिरालाल श्रेष्ठले यातायात क्षेत्र अहिले अन्योलको अवस्थाबाट गुज्रिरहेको र लगानीका लागि उचित वातावरण बनाइदिन समेत सरकारसँग आग्रह गरे ।

यातायात क्षेत्रलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए । भारतीय ट्रकको ओभरलोडले गर्दा नेपालको सडकको अवस्था जीर्ण भएको र नेपाली ट्रक काम नपाउने अवस्था आएको यस समस्या बारेमा सरकारलाई बारम्बार आग्रह गर्दा समेत समस्या समाधानका लागि अहिलेसम्मका सरकारले उचित चासो नदिएको बताए ।

अब भने सरकारले समस्या समाधानका लागि पहल गर्ने समेत आग्रह गरे । लामो समयदेखि बीमा नीति परिमार्जन हुने नसकेको र यसलाई सकेसम्म चाँडो परिमार्जन गर्ने सरकार अपिल गरे । साधारणसभामा देशैभरबाट उद्योगी व्यवसायीहरूको सहभागी रहेको थियो । देशभर करिब २ हजार ढुवानी व्यवसायमा आबद्ध छन् ।

 

 


Krishi Bikas Bank
franklin 1200*150