जनकपुरमा रेलले किचेर एक जनाको मृत्यु
वि.सं.२०७९ पुस १३ बुधवार १२:५४
shares

जनकपुरधाम, १३ पुस । रेल चढ्ने क्रममा लड्दा रेलले किचेर एक जनाको मृत्यु भएको छ । धनुषामा रहेको वैदेही स्टेशनमा रेलले किच्दा एक जनाको मृत्यु भएको हो ।
भारतको जयनगरबाट कुर्था आउँदै गरेको रेलले किच्दा नगराईन नगरपालिका राघोपुरका ३५ वर्षीय पुर्ण सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । वैदेही रेल्वे स्टेशनमा खुलीसकेको रेल्नमा चढ्न खोज्दा लडेपछि रेलले किचिएर दासको मृत्यु भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिए ।








