एक सातामा थपियो २० अर्ब निक्षेप, कर्जा प्रवाह भने १ अर्ब मात्रै

1.45K
shares
Krishi Bikas Bank

काठमाडौं, १३ पुस । पछिल्लो एक साताको अवधिमा बैंकहरुमा २० अर्ब निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघले सार्वजनिक गरेको तथ्यांक अनुसार पुस महिनाको पहिलो हप्ताको तुलनामा दोस्रो हप्तामा बैंकको निक्षेप संकलन २० अर्बले बढेर ४६ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको हो ।

पुसको पहिलो हप्तासम्म बैंकमा ४६ खर्ब २५ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । तथ्यांक अनुसार बैंकहरुमा पुस महिनाको दोस्रो हप्तासम्म मात्रै २४ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । मंसिर महिनाका अन्तिमसम्म ४६ खर्ब २१ अर्ब रुपैयाँ निक्षेप रहेको बैंकमा पुसको ८ गतेसम्म आइपुग्दा ४६ खर्ब ४५ अर्ब रुपैयाँ पुगेको हो ।

निक्षेप संकलनमा उल्लेख्य वृद्धि भएपनि कर्जा प्रवाहभने निकै कम मात्रै भएको छ । बैंकर्स संघको तथ्यांक अनुसार पुस महिनाको पहिलो हप्ताको तुलनमा दोस्रो हप्तामा १ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको हो । पुस १ गते ४२ खर्ब २२ अर्ब रुपैयाँ कर्जा प्रवाह भएको थियो भने पुस ८ गते आइपुग्दा कर्जा प्रवाह ४२ खर्ब २३ अर्ब पुगेको हो ।

पछिल्लो समय चर्को ब्याजदरका कारण बैंकिङ प्रणालीबाट प्रवाह हुने कर्जा न्युन रहेको छ । पुस ८ गतेसम्म बैंकहरुको कर्जा निक्षेप अनुपात (सीडी) रेसियो ८६.०६ प्रतिशत रहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150