नेशनल लाईफ इन्स्योरेन्सको ‘चेयरपर्सन’ कार्यक्रम सम्पन्न
वि.सं.२०७९ पुस ८ शुक्रवार १६:००
shares

काठमाडौं, ८ पुस । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि ३ दिने चेयरपर्सन क्बल तालिम प्रदान गरेको छ । पुस ५ गते देखि ७ गतेसम्म सञ्चालन भएको कार्यक्रम काठमाडौंको होटल सोल्टी मा सम्पन्न गरेको हो ।
आर्थिक वर्ष २०७८/२०७९ मा तोकिएको लक्ष्य पुरा गर्न सफल ६०० जना भन्दा बढि अभिकर्ताहरुलाई कम्पनीका चेयरपर्सन प्रेमा राज्यलक्ष्मी सिंहको उपस्थितिमा चेयरपर्सन क्लबको सदस्यता वितरण तथा सम्मान प्रदान गर्ने एवं प्रशिक्षण प्रदान गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रममा उपस्थित अभिकर्ताहरुलाई जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उदेश्यले भारतका चर्चित मोटिभेटर प्रशिक्षक सइद अफ्जल अहमदबाट उत्तप्रेरणा तथा जीवन बीमा बिक्रय कला सम्वन्धि प्रशिक्षण समेत प्रदान गरिएकोे थियो ।
यसका साथै नयाँ बीमा ऐन २०७९ ले अभिकर्ताहरुबारे गरेको व्यवस्था सम्वन्धमा विस्तृत जानकारी समेत गराइएको आयोजगकले जनाएको छ । कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा चेयरपर्सन क्लबमा छनौट भएका सबै अभिकर्ताहरुलाई सदस्यता वितरण र विभिन्न विधामा सर्वोत्कृष्ट घाषित भएका अभिकर्ताहरुलाई सम्मान प्रदान गरिएको थियो ।
समारोहमा अध्यक्ष सिंहले उच्च नैतिक व्यवसायिक नेतृत्वको आधारमा कम्पनीले आगामी लक्ष्य तय गर्ने बताउँदै कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सधै प्राथमिकतामा राख्ने प्रतिवद्धत्ता व्यक्त गरिन । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी दिदै अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने प्रतिवद्धत्ता जनाएका थिए ।
सो समारोहमा सात वटै प्रदेशबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग प्रथम, द्धित्तिय, तृतीय हुने लिडर अभिकर्ताहरु र नेपालभरबाट आफ्नो कोडको व्यवसाय र संजालको व्यवसायबाट अलग अलग उत्कृष्ट ७ जना अभिकर्ताहरुलाई सम्मानित गरिएको थियो । नेपालभरबाट आफ्नो कोड र संजालमा सर्वोत्कृष्ट व्यवसाय गरी प्रथम, द्धित्तिय र तृतीय हुने अभिकर्ताहरु र समूहगत व्यवसायबाट प्रथम हुने १ जना गरी ७ जनालाई विशेष सम्मानको आयोजना गरी सम्मान पत्र लगाएत नगद पुरस्कारबाट सम्मानित गरिएको थियो ।








