भ्रष्टाचार नियन्त्रण गर्न डिजिटल कारोबारले सहयोग गर्छ : गभर्नर अधिकारी

1.42K
shares
Krishi Bikas Bank

काठमाडौं, ८ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले देशमा भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्नका लागि डिजिटल कारोबारले सहयोग गर्ने बताएका छन् । दार्चुला जिल्लाबाट डिजिटल वित्तीय साक्षरताको शुभारम्भ गर्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

पछिल्लो समय विद्युतीय भुक्तानी गर्ने क्रममा उल्लेख्य मात्रामा वृद्धि भएको भन्दै यसलाई प्रात्साहन र प्रवद्र्धन गर्नु पर्ने गभर्नर अधिकारीको भनाइ थियो । क्युआरबाट मात्र एक महिनामा ४२ लाखभन्दा बढी कारोबार भएको भन्दै यो आफैमा निकै उत्साह जनक रहेको उनले बताए । डिजिटल कारोबारलाई थप प्रोत्साहन गर्नको निम्ति डिजिटल वित्तीय साक्षरता कार्यक्रमको सुरुआत गरिएको पनि जानकारी दिए ।

डिजिटल कारोबार ‘पारदर्शिताको मेरुदण्ड’ भएको गभर्नर अधिकारीको भनाइ थियो । नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’लाई कार्यान्वयन गर्दै डिजिटल अर्थतन्त्रको विकासको निम्ति विद्युतीय भुक्तानी कारोबारलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता रहेको उनले बताए ।


Krishi Bikas Bank
franklin 1200*150