लगानीकर्तालाई निराश बनाउने गरी प्रभु बैंकको लाभांश घोषणा

1.53K
shares
Krishi Bikas Bank

काठमाडौं, २ मंसिर । प्रभु बैंकले आफ्ना शेयरधनीलाई वितरण गर्ने मुनाफा घोषणा गरेको छ । बैंकले घोषणा गरेको लाभांशले लगानीकर्तालाई निशास बनाएको छ ।

बैंकले हाल कायम चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित १.५० प्रतिशत नगद लाभांश गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।

प्रभु बैंकले यो पटक घोषणा गरेको लाभांश ५ वर्ष यताकै कम हो । बैंकले आर्थिक वर्ष २०७४÷७५ मा ८.४२ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस ८ प्रतिशत र कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश रहेको थियो ।

यस्तै आर्थिक वर्ष २०७५/०७६ मा १६.८४ प्रतिशत लाभांश दिएको थियो । जसमा बोनस १६ प्रतिशत र कर प्रयोजनका लागि ०.८४ प्रतिशत नगद लाभांश दिएको थियो । बैंकले आव २०७६/०७७ मा १०.५३ प्रतिशत लाभांश दिएको थियो । यस्तै आव २०७७/०७८ मा भने बैकले १२.६३ प्रतिशत लाभांश दिएको थियो । उक्त लाभांशमा बोनस सेयर १२ प्रतिशत रहेको थियो भने ०.६३ प्रतिशत नगल लाभांश रहेको थियो ।

मंसिर १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।


Krishi Bikas Bank
franklin 1200*150