राप्ती हाइड्रोको नाफामा उल्लेखीय सुधार
वि.सं.२०७९ मंसिर २ शुक्रवार १०:०१
shares

काठमाडौं, २ मंसिर । चालू आर्थिक वर्षको पहिलो त्रैमाससम्म राप्ती हाइड्रो एण्ड कन्स्ट्रक्सन लिमिटेड १ लाख ८३ हजार खुद नाफामा रहेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म ४५ हजार खुद नाफा गरेको कम्पनीले यो त्रैमासमा ३०६ दशमलव ६७ प्रतिशत बढी खुद नाफा गरेको छ ।
पहिलो त्रैमाससम्म गत त्रैमास सम्मको तुलनामा कम्पनीको कुल आम्दानी करीब ६५ प्रतिशत र कुल खर्च करीब ९१ प्रतिशत घटेको छ । कम्पनीले त्रैमासमा ३ लाख २५ हजार कुल आम्दानी गरेको छ भने ७७ हजार कुल खर्च गरेको छ ।
हाल कम्पनीको चुक्तापूँजी ६१ करोड २७ लाख ९३ हजार रहेको छ । कम्पनीले गत साउनमा सर्वसाधारणमा आईपीओ वितरण गरेको छ ।
जगेडा कोष रकम गत त्रैमास सम्मको तुलनामा शून्य दशमलव ९० प्रतिशत बढेर २ करोड ४ लाखभन्दा बढी कायम भएको छ । वार्षिक प्रतिशेयर आम्दानी शून्य दशमलव १२ रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ १०३ दशमलव ३४ रहेको छ ।








