उपराष्ट्रपतिको चुनाव आज

1.46K
shares
Krishi Bikas Bank

काठमाडौं, ३ चैत । नयाँ उपराष्ट्रपति चयनका लागि आज (शुक्रबार) निर्वाचन हुँदै छ । हालका उपराष्ट्रपति नन्दबहादुर पुनको पदावधि सकिएसँगै नयाँ उपराष्ट्रपति चयन गर्न लागिएको हो ।

नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान समय तोकिएको छ । उपराष्ट्रपतिमा नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा तथा जनता समाजवादी पार्टीबाटै प्रमिला कुमारी र रामसहायप्रसाद यादवको उम्मेदवारी परेको छ ।

प्रमिला कुमारी यादवले भने उम्मेदवारी निष्क्रिय पारेको घोषणा गरेकी छन् । समय सीमाभित्र उम्मेदवारी फिर्ता नलिएकाले निर्वाचन अधिकृतको कार्यालयले प्रमिलाको नाम पनि मतपत्रमा राखिएको छ । १० दलीय गठबन्धनमा उपराष्ट्रपतिमा सर्वसम्मत हुन सकेको छैन । गठबन्धनमा रहेका लोसपा, जनमत र नाउपाले जनमतकी ममता झालाई छुट्टै अघि सारेका छन् ।

उपराष्ट्रपतिको निर्वाचनमा संघीय संसद र प्रदेशसभाका गरी कुल ८८२ मतदाता रहेको आयोगले जनाएको छ । मतदान सकिएसँगै आजै साँझ मतपरिणाम सार्वजनिक गर्ने निर्वाचन आयोगको तयारी छ । कुल मतभार ५२ हजार ६२८ रहेकोमा निर्वाचित हुन २६ हजार ३१४ मत आवश्यक पर्नेछ ।


Krishi Bikas Bank
franklin 1200*150