स्ववियु निर्वाचनको मौन अवधि सुरु
वि.सं.२०७९ चैत ३ शुक्रवार ०९:२९
shares

काठमाडौं, ३ चैत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको मौन अवधि सुरु भएको छ । स्ववियु निर्वाचन आचारसंहिताअनुसार गएराति १२ बजेदेखि मौन अवधि सुरू भएको हो ।
निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडि प्रचार–प्रसार बन्द गरिने प्रावधान रहेअनुरूप त्रिविले सो निर्देशन जारी गरेको हो । स्ववियु निर्वाचन आचारसंहितामा प्रचार–प्रसार गर्न रङरोगन र कुनै पनि प्रकारको पोष्टर टाँस्न नपाइने तथा निर्वाचनसम्बन्धी कुनै पनि तुल, फ्लेक्स र कुनै प्रकारको पोष्टर टाँस्न नपाइने उल्लेख गरिएको छ ।
देशभरिका त्रिविका ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा आइतबार स्ववियु निर्वाचन हुँदैछ । अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष, सहसचिव र ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन् ।








