बिपिडब्लु लघुवित्तको आईपीओ बाँडफाँट हुँदै, कसरी हेर्ने ?
वि.सं.२०७९ चैत ३ शुक्रवार ०९:१५
shares

काठमाडौं, ३ चैत । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आज बाँडफाँट हुने भएको छ । लघुवित्तलले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर आज बिहान ११ बजे बाँडफाँट हुने भएको हो ।
फागुन १८ गतेदेखि फागुन २३ गतेसम्म सर्वसाधारणका लागि ८० हजार ९५० कित्ता शेयर निष्काशन गरिएको थियो । सिडिएस एण्ड क्लियरिङ्गको तथ्यांक अनुसार कम्पनीको आईपीओमा १५ लाख भन्दा बढीले आवेदन दिएका छन् । जसबाट १ अर्ब ६८ करोड रुपैयाँ बराबरको १ करोड ६८ लाख कित्ता शेयर माग भएको छ ।
यो सर्वसाधारणलाई छुट्टाएको ८० हजार ९५० कित्ता शेयरको २०७ गुणा बढी हो । मागभन्दा धेरै आवेदन परेकाले आईपीओ बाँडफाँछ गोलाप्रथाबाट गरिने छ । जसमामा न्युनतम १० कित्तााको दरले शेयर वितरण हुने र ८ हजार ९५ जनाले मात्रै शेयर पाउने छन् । अन्य आवेदकको हात खाली हुने छ ।
आईपीओको नतिजा सिडीएससीको मेरा शेयरको वेबसाइट र सिडीएसले आईपीओको लागि सञ्चालन गरेको वेबसाइटबाट हेर्न सकिने छ । मेरो शेयरको वेबसाइटबाट आफुले आईपीओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।








