दुर्गा प्रसाईंले बनाएको युवा दस्ताका संयाेजक पक्राउ
वि.सं.२०७९ फागुन २४ बुधवार ११:२०
6.37K
shares
shares

काठमाडौं, २४ फागुन । पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका विरुद्ध अराजक अभिव्यक्ति दिएर चर्चामा रहेका व्यवसायी दुर्गा प्रसाईं विरुद्ध सरकारले एक्सन लिएको छ । प्रसाईंले बैंक तथा वित्तीय संस्थाका म्यानेजरलाई कालाेमाेसाे दल्ने भन्दै युवा दस्ता बनाएका थिए । उक्त दस्ताका संयाेजक शम्भु थापा बुधबार पक्राउ परेका छन् । प्रहरीले चितवनबाट उनलाई पक्राउ गरेको हाे । प्रहरी श्राेतका अनुसार उनलाई अहिले जिल्ला प्रहरी चितवनमा राखिएको छ । कालाेमाेसाे भन्दै अराजक अभियानमा जाेडिएका अन्यलाई पनि प्रहरीले खाेजिरहेकाे छ ।








