सहकारी, सहकारी जस्तो भएनन्, सीईओले बर्बाद बनाए : रजिस्ट्रार
वि.सं.२०७९ फागुन २४ बुधवार ११:१६
1.47K
shares
shares

काठमाडौं, २४ फागुन । सहकारी विभागका सहकारी संस्थाहरु सहकारी जस्तो नै नभएको बताएका छन् ।
बचत तथा ऋण सहकारीका लागि नेफ्सकुनले आयोजना गरेको वर्कसपको उद्घाटन समारोहमा बोल्दै बुधबार रजिस्ट्रारले यस्तो बताएका हुन् ।
सहकारी संस्थाले आफ्नो उदेश्य नै भुलेका कारण सहकारी क्षेत्रमा समस्या आएको रजिस्ट्रार घिमिरेले बताए । यसको प्रमुख दोषि सहकारीको प्रमुख कार्यकारी अधिकृत नै भएको उनले बताए ।
सहकारीका सीईओ पारदर्शी हुने र राम्रो काम गर्ने हो भने सहकारी क्षेत्र राम्रो हुने उनको भनाइ छ । तर, सीईओले बर्वाद बनाएको उनले बताए ।








