१ हजारले घट्यो सुनको भाउ, कति पर्छ प्रतितोला ?

1.51K
shares
Krishi Bikas Bank

काठमाडौं, २४ फागुन । स्थानीय बजारमा आज सुनचाँदीको भाउमा भारी गिरावट भएको छ ।
सुनचाँदीको भाउ निरन्तर दोश्रो दिन ओरालो लागेको हो । हिजो सामान्य रुपमा ओरालो लागेको सुनको मूल्य आज भने १ हजारले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख एक हजार ५०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला एक लाख एक हजार रुपैयाँमा झरेको छ ।

बुधबार सुनसँगै चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ४० रुपैयाँले गिरावट हुँदा प्रतितोला एक हजार २२५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन पनि चाँदीको मूल्य ओरालो लागेको थियो । मंगलबार चाँदी तोलामा १० रुपैयाँले घटेर एक हजार २६५ रुपैयाँमा किनबेच भएको थियो ।


Krishi Bikas Bank
franklin 1200*150