राधी विद्युत कम्पनीको नाफामा उल्लेखीय सुधार
वि.सं.२०७९ माघ २९ आइतवार १४:३६
shares

काठमाडौं, २९ माघ । राधी विद्युत कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।
उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ६७ दशमलव ७७ प्रतिशत वृद्धि भएको छ । कम्पनीले गत आवमा रू. ३ करोड २० लाख नाफा कमाएकोमा चालू आवमा बढेर रू. ५ करोड ३६ लाख पुगेको छ ।
चालू आवमा कम्पनीको विद्युत विक्री आम्दानी र वित्तीय आम्दानीमा वृद्धि भएकाले नाफा बढ्न टेवा पुगेको हो । गत आव कम्पनीको वित्तीय आम्दानी रू. १२ लाख ३७ हजार रहेकोमा चालू आवमा बढेर रू. १ करोड ९७ लाख पुगेको छ ।
गत आवमा कम्पनीले विद्युत विक्री बापत रू. ७ करोड ७७ लाख आम्दानी गरेकोमा चालू आवमा बढेर रू. ७ करोड ७९ लाख पुगेको हो । कम्पनीको चुक्ता पूँजी रू. १ अर्ब ६७ करोड रहेको छ ।
दोस्रो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. २९ करोड २६ लाख सञ्चित गरेको छ ।
सो अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी रू.६ दशमलव ४१(वार्षिकीकरण),मूल्य आम्दानी अनुपात ४२ दशलमव ४५ गुणा र प्रतिशेयर नेटवर्थ रू. ११७ दशमलव ४६ रहेको छ ।








