जनउत्थान सामुदायिक लघुवित्तको नाफा ९१ प्रतिशतले घट्यो

1.46K
shares
Krishi Bikas Bank

काठमाडौं, २९ माघ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ९१ प्रतिशत घटेको छ ।

गत आवमा रू. ४ करोड १९ लाख नाफा कमाएको कम्पनीले चालू आवमा रू. ३५ लाख ५४ हजारमात्र कमाएको छ । चालू आवमा कम्पनीले सम्भावित जोखिमबापतको व्यवस्थापनमा धेरै रकम छुट्याउँदा नाफा घटेको हो ।

गत आवमा सम्भावित जोखिमबापतको व्यवस्थापनमा रू. १ करोड ७९ लाख छुट्याएको कम्पनीले चालू आवमा रू. २ करोड ९५ लाख छुट्याएको छ । सोही कारण कम्पनीको सञ्चालन नाफा रू. १ करोड ८३ लाख ऋणात्मक रहेको छ ।

कम्पनीको चुक्तापूँजी रू. १४ करोड ७९ लाख रहेको छ । चालू आवको दोस्रो त्रैमाससम्म कम्पनीले जगेडामा रू. ११ करोड ८९ लाख सञ्चित गरेको छ । कम्पनीले रू. १ अर्ब २० करोड सापटी र रू. ८० करोड ८२ लाख निक्षेप संकलन गरेर रू. २ अर्ब ६ करोडभन्दा बढी कर्जा लगानी गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. ४ दशमलव ८१ (वार्षिकीकरण), तरलता अनुपात शून्य दशमलव ८१ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १८० दशमलव ४० रहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150