सुनको भाउ १ हजारले बढ्यो, कति पुग्यो बजार मूल्य ?

1.62K
shares
Krishi Bikas Bank

काठमाडौं, २४ पुस । नेपाली बजारमा आइतबार सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ ।
अघिल्लो साताको शुक्रबार तोलामा ८०० रूपैयाँ घटेको सुनको भाउ आइतवार (आज) फेरि उकालो लागेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका आज सुनको भाउ तोलामा १ हजार रूपैयाँ बढेर १ लाख ३ हजार ३०० रूपैयाँ कायम भएको छ ।

गत शुक्रवार सुनको भाउ १ लाख २ हजार ३०० रूपैयाँ तोकिएको थियो । शनिवार पनि सोही मूल्यमा कारोबार भएको थियो । सुनचाँदी व्यवसायी महासंघले शनिवार सुनको मूल्य निर्धारण गर्दैन ।

आज तोकिएको सुनको भाउ अहिलेसम्मकै दोस्रो सर्वाधिक हो । यसअघि गत बिहीवार सुनको मूल्य दोस्रो सर्वाधिक कायम भएको थियो । उक्त दिन सुन प्रतितोला १ लाख ३ हजार १०० रूपैयाँ निर्धारण गरिएको थियो ।

सुनको मूल्य सर्वाधिक तोकिएको भने गत फागुन २५ गते हो । उक्त दिन सुनको मूल्य तोलाको १ लाख ५ हजार ५०० रूपैयाँ कायम भएको थियो । आज चाँदीको भाउ तोलामा १५ रूपैयाँ बढेर १ हजार ३८० रूपैयाँ पुगेको छ ।


Krishi Bikas Bank
franklin 1200*150