सिटिजन लाइफको साधारणसभा माघ १५ गते, के-के छन् प्रस्ताव ?

1.51K
shares
Krishi Bikas Bank

काठमाडाैं, २४ पुस । सिटिजन लाइफ इन्स्योरेन्सले माघ १५ गते साधारणसभा गर्ने भएकाे छ । प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव गर्दै कम्पनीले पाँचौं वार्षिक साधारण सभा बोलाएको हो ।

कम्पनीले माघ १५ गते आइतबार अलोफ्ट, छाँयादेवी कम्प्लेक्स ठमेलमा अपरान्ह ५ बजे साधारण सभा बोलाएको हो । सभाले प्रिमियममा सर्वसाधारणको लागि शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सञ्चालक समितिको आर्थिक वर्षको २०७७/७८ को आर्थिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, आय व्यय हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी छलफल गरी पारित गर्नेछ ।

यस्तै सभाले सञ्चालकको नियुक्त तथा लेखा परीक्षकको नियुक्तीलाई पनि अनुमोदन गर्नेछ ।


Krishi Bikas Bank
franklin 1200*150