एकीकृत कारोबारका लागि दुई दिन बैंकिङ सेवा बन्द गर्दै नेपाल इन्भेष्टमेण्ट र मेगा बैंक

2.14K
shares
Krishi Bikas Bank

काठमाडौं, २४ पुस । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड र मेगा बैंक नेपाल लिमिटेडले पुस २७ गतेबाट एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।

दुवै बैंकलाई एकीकृत कारोबार गर्न नेपाल राष्ट्र बैंकले पुस १७ र कम्पनी रजिष्ट्रार कार्यालयले पुस २१ गते अन्तिम स्वीकृति दिइसकेको छ ।

दुवै बैंक मर्जर भएपछि अब नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । पुस ७ गते सम्पन्न साधारण सभाले पनि दुवै बैंकलाई मर्जर हुने प्रस्ताव पारित गरेको थियो ।

इन्भेष्टमेण्ट र मेगा बैंकले मंसिर १३ गते गाभ्ने गाभिने सम्बन्धमा अन्तिम सम्झौता गरेका थिए । दुवै बैंक १००ः९० अनुपातमा मर्जर  भएका हुन् ।

अब मेगा बैंकका १०० कित्ता शेयर हुने शेयरधनीले नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ९० कित्ता प्राप्त गर्नेछन् । हाल नेपाल इन्भेष्टमेण्ट बैंकको चुक्तापूँजी रू.१८ अर्ब ३० करोड छ भने मेगाको रू. १६ अर्ब १२ करोड छ ।

साथै पुस २७ गतेबाट एकीकृत कारोबार हुने भएपछि डाटा माइग्रेशन गर्न दुवै बैंकको पुस २५ र २६ गते सबै सेवाहरू अवरुद्ध हुने दुवै बैंकले जनाएका छन् ।


Krishi Bikas Bank
franklin 1200*150