पाँच महिनामा करिब ३ करोडको कफी निर्यात, आयात भने ११ करोड बढी

1.43K
shares
Krishi Bikas Bank

काठमाडौं, १८ पुस । नेपालबाट चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा करिब ३ करोड रुपैयाँ बराबारको कफी निर्यात गरेको छ । भन्सार विभाको तथ्यांक अनुसार चालू आर्थिक वर्षको मंसिर मसान्तसम्म नेपालबाट विभिन्न देशमा २ करोड ८६ लाख २८ हजार रुपैयाँ बराबरको कफी निर्यात भएको हो ।

चालू आर्थिक वर्षको पाँच महिनाको अवधिमा नेपालबाट १६ हजार ४५२ केजी कफी निर्यात भएको छ । पाँच महिनामा विश्वका १४ वटा देशमा नेपाली कफी निर्यात भएको छ । यो अवधिमा नेपालबाट सबैभन्दा बढी कफी जर्मनी निर्यात भएको छ । पाँच महिनाको अवधिमा जर्मनीमा १ करोड ९ लाख २७ हजार रुपैयाँको ६ हजार किलोग्राम कफी निर्यात भएको छ ।

त्यस्तै पाँच महिनाको अवधिमा नेपालबाट १ करोड ३ लाख ५२ हजार रुपैयाँको कफी जापान निर्यात भएको विभागको तथ्यांकले देखाएको छ । मंसिर मसान्तसम्म नेपालबाट ५ हजार ३०३ किलोग्राम कफी जापान निर्यात भएको हो । त्यस्तै अष्ट्रेलियामा १८ लाख ९८ हजार रुपैयाँको १ हजार केजी, दक्षिण कोरियामा १२ लाख ४२ हजार रुपैयाँको १ हजार ८० केजी, इटलीमा १० लाख १६ हजार रुपैयाँको ६ सय केजी र ताइवानमा ७ लाख ९० हजार रुपैयाँको ६७७ केजी कफी निर्यात गरेको छ ।

यता यो अवधिमा हङकङमा ६ लाख ३३ हजार रुपैयाँको २६९ केजी, अष्ट्रियामा ३ लाख ३४ हजार रुपैयाँको ९९ केजी, रसियामा ३ लाख २५ हजार रुपैयाँको ११० केजी, स्वीजरल्यान्डमा २ लाख ९५ हजार रुपैयाँको २३८ केजी, २ लाख ८७ हजार रुपैयाँको २८७ केजी, पोल्यान्डमा १ लाख ९७ हजार रुपैयाँको १०० केजी, फिनल्यान्डमा ६९ हजार रुपैयाँको ६५० केजी र भारतमा ६२ हजार रुपैयाँको ४० केजी कफी निर्यात गरेको छ ।

यो अवधिमा नेपालले विभिन्न देशबाट ११ करोड ८६ लाख ४९ हजार रुपैयाँको कफी आयात गरेको छ । पाँच महिनाको अवधिमा १ लाख ६२ हजार २९३ केजी कफी आयात भएको विभागको तथ्यांक रहेको छ । नेपालमा खपत हुनेभन्दा ६ गुणा कम कफी उत्पादन हुने गरेको छ । नेपालमा वार्षिक ३ सय मेट्रिक टन कफी उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादन हुनेभन्दा बजारको माग भने ६ गुणा बढी रहेको छ । जसले गर्दा व्यवसायीहरुले बजारको माग धान्नका लागि कफी आयात गर्नु पर्ने अवस्था रहेको छ ।


Krishi Bikas Bank
franklin 1200*150