लाभांश पारित गर्न आइएमई जनरलले बोलायो साधारणसभा
वि.सं.२०७९ पुस १८ सोमवार १२:११
shares

काठमाडौं, १८ पुस । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले माघ ९ गते साधारणसभा गर्ने भएको छ । कम्पनीले प्रस्तावित लाभांशसहितका विविध प्रस्ताव पारितका लागि वार्षिक साधारण सभा आव्हान गरेको छ ।
सभा होटल लि हिमालय लाजिम्पाट, काठमाडौंमा विहान ११ बजेका लागि बोलाइएको छ । सभाले गत आर्थिक वर्ष २०७८/०७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै प्रस्तावित लाभांशलाई समेत अन्तिम स्वीकृति प्रदान गर्नेछ ।
कम्पनीले गत वर्षको मुनाफाबाट हाल कायम चुक्तापूँजी रू. १ अर्ब ७० करोड १६ लाख ५१ हजारको आधारमा ६ प्रतिशत बोनस शेयर र बोनस शेयर कर प्रयोजनका लागि रू. ५३ लाख ७३ हजार ६३६ बराबर नगद लाभांश वितरण गर्न लागेको हो ।
साधारण सभा प्रयोजनका लागि कम्नपीले पुस २७ गतेदखि माघ ६ गतेसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा पुस २६ गतेसम्म कायम शेयरधनीहरूले मात्र कम्पनीको लाभांश प्राप्त गर्नेछन् ।








