राष्ट्र बैंकले २० अर्ब बढीको ट्रेजरी बिल जारी गर्दै, आजै बोलकबोल

1.39K
shares
Krishi Bikas Bank

काठमाडौं, १८ पुस । नेपाल राष्ट्र बैंकले २० अर्ब २५ करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ । राष्ट्र बैंकले २८ दिन, ९१ दिन र १ वर्षको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो २ बजे बोलकबोल हुनेछ । राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्ब बराबरको ट्रेजरी जारी गर्न लागेको हो ।

यो ट्रेजरी माघ १७ गते परिपक्व हुनेछ । त्यस्तै ९१ दिनको लागि ७ अर्ब ७५ करोडको ट्रेजरी जारी गर्न लागिएको छ ।

यो ट्रेजरी चैत २१ गते परिपक्व हुनेछ । १ वर्षको लागि ७ अर्ब ५० करोड बराबरको ट्रेजरी बिल जारी गरिँदैछ । यो ट्रेजरी २०८० पुस १७ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सरकारलाई आवश्यक पर्ने अल्पकालीन अवधिको (बढीमा एक वर्ष) स्रोत जुटाउन यो बिल बिक्री गरिन्छ ।


Krishi Bikas Bank
franklin 1200*150