सपोर्ट लघुवित्तको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम म्याद

1.24K
shares
Krishi Bikas Bank

काठमाडौं, २५ मंसिर । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

कम्पनीको ७ हजार १५० कित्ता संस्थापक शेयर मंसिर ८ गतेदेखि लिलामीमा थियो । यो शेयर खरीदका लागि इच्छुक व्यक्ति तथा संस्थाहरूले यही मंसिर २५ गतेसम्म कार्यालय समयसम्म आवेदन दिन सक्नेछन् ।

शेयरको मूल्य न्यूनतम प्रतिकित्ता ५०० तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

यस शेयर विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।तोकिएको अवधिभित्र प्राप्त गोप्य शिलबन्दी बोलपत्र मंसिर २६ गते बिहान १० बजे विक्री प्रबन्धकको कार्यालयमा खोलिने तय भइसकेको छ ।


Krishi Bikas Bank
franklin 1200*150