भि–वोन यु मि एण्ड द वेभ २०२२ सम्पन्न

2.39K
shares
Krishi Bikas Bank

काठमाडौं, २५ मंसिर । भि-वोनका कुर्सी बिक्रेताहरुको भेटघाट कार्यक्रम सम्पन्न भएको छ । भि–वोन यु मि एण्ड द वेभ २०२२ नाम दिएको कार्यक्रम काठमाडौंको सोल्टी होटलमा सम्पन्न भएको हो ।

विगत ४ वर्षदखि नेपाली बजारमा अफिस तथा घरका लागि सर्वाधिक लोकप्रिय बन्दै गएको यो कम्पनीका देशभरका बिक्रेताहरु भेलामा सहभागि भएका थिए । कम्पनीले २०२३ का लागि नयाँ र आकर्षक तथा इगोनोमिक्स (कुर्सीमा बस्दा शरिरको भार अनुसार संयोजन गर्ने तरीका) कुर्सीहरु समेत केही समयमा प्रदर्शन गर्ने जनाएको छ । ती कुर्सीहरु नेपाल भरका बिक्री स्थलमा उपलब्ध गराउने पनि जनाइएको छ ।

सो भेलामा मोन्टेश्वरी कुर्सीको प्रदर्शन समेत गरिएको थियो मोन्टेश्वरी कुर्सीले सबैको ध्यान आकर्षित गरेको छ । भि–वोन को मोन्टेश्वरी कुर्सी आकर्षक र बलियो रहेको दाबी गरिएको छ । केडीया समूहद्वारा नेपाल भर भि–वोन कुर्सी बिक्री वितरण भइरहेको छ । बिक्री पश्चात् मर्मत÷ वारेन्टी सम्बन्धी कार्य तालिकालाई पनि विगतभन्दा अझ सहज र सुलभ तरिकाबाट ग्राहकलाई सेवा दिने प्रतिबद्धता समेत भेलाले जनाएको छ ।


Krishi Bikas Bank
franklin 1200*150