नेप्से परिसुचक २४ अंकले घट्यो, १ अर्ब ६७ करोडको कारोबार

1.52K
shares
Krishi Bikas Bank

काठमाडौं, १९ मंसिर । साताको दोस्रो कारोबारको दिन नेप्से परिसुचक २४ दशमलव ४६ अंकले ओरालो लागेको छ । सोमबार नेप्से परिसुचक १ दशमलव २५ प्रतिशतले घटेर १९३८ दशमलव ७६ को विन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव १९ अंकले ओरालो लागेको छ । आज दिनभर भएका २६ हजार ४ सय ७५ कारोबारबाट २४० कम्पनीका ४१ लाख २७ हजार २ सय ८६ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट आजको सम्पूर्ण कारोबार रकम १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ पुगेको छ ।


Krishi Bikas Bank
franklin 1200*150