यी हुन् आज टपटेन कारोबार भएका कम्पनी
वि.सं.२०७९ मंसिर १९ सोमवार १५:१४
shares

काठमाडौं, १९ मंसिर । साताको दोस्रो कारोबारको दिन नेप्से परिसुचक २४ दशमलव ४६ अंकले ओरालो लागेको छ । सोमबार नेप्से परिसुचक १ दशमलव २५ प्रतिशतले घटेर १९३८ दशमलव ७६ को विन्दुमा पुगेको हो ।
आज दिनभर भएका २६ हजार ४ सय ७५ कारोबारबाट २४० कम्पनीका ४१ लाख २७ हजार २ सय ८६ कित्ता शेयर किनबेच भएका छन् । जसबाट आजको सम्पूर्ण कारोबार रकम १ अर्ब ६७ करोड ४ लाख ५५ हजार ३४ पुगेको छ ।
आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको ३० करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
त्यस्तै, शिवम् सिमेन्टको २० करोड २३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ८ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ७ करोड ३८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।








