युएई विरुद्धको निर्णायक खेलमा नेपालका उत्कृष्ट बलिङ

1.52K
shares
Krishi Bikas Bank

काठमाडौं, २ मंसिर । नेपाल भ्रमण रहेको युएई विरुद्धको अन्तिम तथा निर्णाय एकदिवसिए क्रिकेटमा नेपालले उत्कृष्ट बलिङ गरेको छ । टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको नेपालले यो समाचार तयारपार्दासम्म १०० रन बनाउँन ९ विकेट गुमाएको छ ।

तीन खेलको सिरिज १–१ को बराबरीमा रहेको छ । यो खेलमा विजयी हुने टोलिले सिरिज तित्ने छ । युएईका लागि अलिशान शराफुले सर्वाधीक ३३ रनको योगदान दिए । त्यस्तै रोहन मुस्तफाले २४ रनको पारी खेले । अन्य खेलाडिले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।

युएईको पारी ध्वस्त पार्ने क्रमा नेपालका गुल्सन झा, दीपेन्द्रसिंह ऐरी र कुसल भुर्तेलले २–२ विकेट लिए । त्यस्तै सोमपाल कामी र ललित राजबंशीले १–१ विकेट लिए ।


Krishi Bikas Bank
franklin 1200*150