सुनको भाउ बढ्यो, चाँदी भने घट्यो
वि.सं.२०७९ मंसिर २ शुक्रवार ११:३६
1.55K
shares
shares

काठमाडौं, २ मंसिर । नेपाली बजारमा शुक्रवार सुनको मूल्य तोलामा १०० रूपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार आज सुनको मूल्य प्रतितोला ९८ हजार १०० रूपैयाँ कायम भएको छ । बिहीवार सुन प्रतितोला ९८ हजार रूपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलाको ५ रूपैयाँले घटेर १ हजार २८० रूपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदी तोलाको १ हजार २८५ रूपैयाँमा कारोबार भएको थियो ।








