शेयर बजार घट्ने क्रम जारी, आज ३९ अंकको गिरावट

1.58K
shares
Krishi Bikas Bank

काठमाडौं, २३ कात्तिक । साताको चौंथो कारोबारको दिन नेप्से परिसुचक ३९ दशमलव १५ अंकले ओरालो लागेको छ ।

हिजो पनि सामान्य अंकले ओरालो लागेको शेयर बजार आज पनि ओरालो नै लागेको छ । मंगलबार नेप्से परिसुचक २ दशमलव शुन्य प्रतिशतले घटेर १९१७ दशमलव २२ विन्दुमा पुगेको हो ।

नेप्से परिसुचकसंगै ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ७ दशमलव ६८अंकले ओरालो लागेको छ । आज भएका २४ हजार ३ सय ८८ कारोबारबाट २२३ कम्पनीका ३६ लाख ९७ हजार ७ सय २३ कित्ता शेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम १ अर्ब ४० करोड ७३ लाख ९५ हजार ४ सय ६७ पुगेको छ ।


Krishi Bikas Bank
franklin 1200*150