व्यवसायीलाई समेट्न सक्ने नेतृत्वको खाँचो छ : केन्द्रीय सदस्य हमाल (भिडियो सहित)
वि.सं.२०७९ कात्तिक २३ बुधवार १५:०५
shares

काठमाडौं, २३ कात्तिक । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा स्वास्थ्य तथा सिप विकास समितिका सह–सभापति भक्त बहादुर हमालले सबै व्यवसायीलाई समेट्न सक्ने नेतृत्वको खाँचो रहेको बताएका छन् । महासंघको आगामी नेतृत्वले आफ्ना कुरा सरकारको नेतृत्व गर्नेहरुसँग प्रष्ट रुपमा राख्नु पर्ने र सोही अनुसारको नेतृत्व आउनु पर्ने उनको भनाइ थियो ।
७७ वटै जिल्लाको समस्या समाधान गर्न सक्ने व्यक्ति नेतृत्वमा पुग्नु पर्ने उनले बताए । ‘व्यवसायलाई नै बुझ्न नसक्ने व्यक्ति नेतृत्वमा पुग्दा त व्यवसायीका हक हितका विषयमा काम गर्न सक्ने अवस्था रहदैनन्,’ उनले भने ।
अर्को विषयमा उनले व्यवसायीले सिरानी मुनी पैसा राखे भन्ने कुरामा कुनै सत्यता नहरकको बताएका छन् । केटिएम भ्वाइससँगको कुराकानीका क्रममा हमालले व्यवसायीहरुले लगानी गरेर नाफा कमाउने भएकाले पैसा सिरानी मुनी राख्ने कुरा हावादारी भएको बताएका हुन् ।
‘राजनीति गर्नेहरुले राखेको भए त्यो उनीहरुको कुरा हो । तर व्यवसायले भने त्यस्तो गरेका छैनन्,’ उनले भने । ब्याजदर खुल्ला रुपमा बजारलाई छोडिदिनु पर्ने भए पनि राष्ट्र बैंकले ब्याजदर तोक्ने काम गरेकाले समस्या आएको उनको भनाइ छ । ‘खुल्ला रुपमा बजारमा छोड्नु पर्ने भए पनि राष्ट्र बैंकको निर्देशन हुनुले ब्याजदर खुल्ला रुपमा छ भन्न सकिएन् । त्यस्तै हुनु भएन,’ उनले भने ।
आर्थिक क्षेत्र नै चलायमान बन्न नसक्दा समग्र क्षेत्रमा असर पर्नु स्वभाविक भएको उनले बताए । व्यवसायीहरु समस्यामा परेको समयमा सरकारले केही सहजता प्रदान गर्नु पर्ने भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ । पैसाको आपूर्ती कम भयो भन्नुको अर्थ बिना योजना खर्च भएको हो कि भन्ने हो । नत्र यो कसरी एकैपटक यस्तो अवस्था आउनुको कारण नै पत्ता लाग्न नसकेको उनको भनाइ छ ।
भिडियो








